+
+

भ्वाइस किड्स’का ८ जना फाइनलिस्ट तय, शनिबार फिनाले

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २७ गते १७:४५

काठमाडौं । हिमालय टेलिभिजनमा प्रसारण हुँदै गायन रियालिटी शो ‘भ्वाइस किड्स’ले आठ जना फाइनलिस्ट प्राप्त गरेको छ । शनिबार प्रसारित एपिसोडबाट फाइनलिस्ट घोषणा गरिएको हो ।

चारजना कोचबाट २–२ जना फाइनलमा पुगेको निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । कोच प्रमोद खरेलको टिमबाट अनुया तामाङ र लाक्पा शेर्पा फिनालेमा पुगे । कोच मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा फाइनलिस्ट बने ।

कोच छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ फाइनलिस्ट बने भने कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामा फाइनलमा प्रवेश गरेका छन् ।

आउँदो शनिबार फिनाले आयोजना हुँदैछ । सोही दिन बेलुका ७ बजेसम्म भोटिङ लाइन खुला रहेको र दर्शकले आफूलाई मनपर्ने प्रतिस्पर्धीलाई भोट गर्न सक्नेछन् ।

६ देखि १४ वर्ष उमेरसम्मका बालबालिकाले यो शोमा भाग लिंदै आएका छन् । यो तेस्रो सिजनका लागि १७ हजार बालबालिकाले आवेदन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?