+
+

उच्च कारोबार दिन टप १० ब्रोकरले कति गरे किनबेच ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २७ गते १८:१८

२७ साउन, काठमाडौं । आइतबार बजारमा कारोबार रकममा नयाँ रेकर्ड बन्यो । कुल २५ अर्ब ७७ करोडको कारोबार भयो । यस कारोबार रकममा टप १० ब्रोकर कम्पनीको मात्रै २८ प्रतिशत हिस्सा रह्यो ।

टप १० ब्रोकर कम्पनीमार्फत यस दिन कुल ९ अर्ब १३ करोड रुपैयाँ बरबरको सेयर खरिद हुँदा ९ अर्ब १२ करोड रुपैयाँ बराबरको बिक्री भएको छ । खरिद र बिक्री करिब उस्तै देखिएको छ ।

टप १० ब्रोकर कम्पनीमध्ये ६ वटाको खरिद धेरै देखिन्छ भने ४ को बिक्री धेरै देखिन्छ । नासा, भिजन, सनी, अनलाइन, दिपशिखा र अग्रवालमार्फत खरिद धेरै भएको छ ।

त्यस्तै इम्पेरियल, आर्यतारा, डायनामिक र एबीसीमार्फत बिक्री धेरै भएको छ । तीन ब्रोकर कम्पनी नासा, इम्पेरियल र भिजनमार्फत एक–एक अर्बभन्दा धेरैको खरिद भएको छ भने नासा, इम्पेरियल र आर्यतारामार्फत १–१ अर्ब बढीको बिक्री भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?