+
+

परियोजना बैंकसम्बन्धी मापदण्ड परिमार्जन गर्दै योजना आयोग

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २७ गते १८:१०

२७ साउन, काठमाडौं । राष्ट्रिय योजना आयोगले परियोजना बैंकसम्बन्धी मापदण्ड परिमार्जन गर्ने भएको छ ।

आयोगको गत बिहीबार बसेको बैंठकले परियोजना बैंकसम्बन्धी मापदण्ड परिमार्जन गर्न आयोग सदस्य डा. प्रकाशकुमार श्रेष्ठको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।

समितिलाई परियोजना बैंकसम्बन्धी मापदण्ड परिमार्जन गर्ने जिम्मेवारी दिइएको छ । परियोजना बैंकमा प्रविष्ट गरेरमात्र आयोजनालाई बजेटमा राख्नुपर्ने प्रावधान छ ।

तर, कार्यान्वयन तह कमजोर हुँदा परियोजना बैंकसमेत प्रभावकारी हुन सकेको छैन । यसलाई प्रभावकारी बनाउने उपायसहित सिफारिस गर्न समिति गठन गरिएको आयोग स्रोतले जानकारी दिएको छ ।

पूर्वतयारी सम्पन्न भएका आयोजना छनोट गरी बजेटमा राख्ने र बजेटमा परेका आयोजना पूर्वतयारी काममा अल्झनु नपरोस् भनी परियोजना बैंकको अवधारणा ल्याइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?