+
+

नेपाललाई हिन्दुराज्य बनाउन कांग्रेसले नेतृत्व गर्नुपर्छ : भीम पराजुली

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २७ गते १९:१६

२७ साउन, विराटनगर । नेपाली कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले नेपाललाई हिन्दुराज्य बनाउन माग गरेका छन् । कांग्रेस केन्द्रीय समिति बैठकमा आइतबार लिखित धारणा राख्दै उनले मुलुकलाई हिन्दुराज्य बनाउन कांग्रेसले नेतृत्व गर्नुपर्ने बताएका हुन् ।

परम्परागत धर्म संस्कृति संरक्षण र सम्बर्द्धनमा ठोस कदम नचालेमा देश अगाडि बढ्न नसक्ने भन्दै पराजुलीले भने, ‘करिब ९४ प्रतिशत ॐकार परिवार रहेको नेपाललाई परापूर्व कालदेखि चलिआएको वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न जोडदार माग गर्दछु । र यसको नेतृत्व नेपाली कांग्रेसले गरोस् ।`

संघीयता खर्चिलो प्रणालीको रुपमा विकसित हुँदै गएको र यसबाट सिर्जित निराशाले ६२- ६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धिहरू समानुपातिकता समावेशिताहरू समेत गुम्ने खतरा भएको उनले बताए ।

उनले समानुपातिक र समावेशी प्रतिनिधित्व नघट्ने गरी राष्ट्रिय सभामा व्यवस्थापन गर्ने, संघीय सांसद र प्रदेश सांसद तथा स्थानीय कार्यपालिकाको सिट संख्या घटाउनुपर्ने, जिल्लाको संरचना हटाई जिल्ला अन्तर्गत भइरहेका कामहरूलाई स्थानीय तहमा लैजानुपर्ने धारणा पनि राखे ।

नेता पराजुलीले नेपाली कांग्रेसका स्थानीय,प्रादेशिक र संघीय स्तरका जनप्रतिनिधिहरू उम्मेदवार छनोट गर्दा सम्बन्धित स्थानका क्रियाशील सदस्यको सर्वसम्मत वा बहुमतबाट छनोट गर्नुपर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?