+
+

अर्थमन्त्री र सचिवहरूबीच कार्य सम्पादन सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २७ गते १९:३०

२७ साउन, काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल र सचिवहरूबीच कार्य सम्पादन करार सम्झौता भएको छ ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव डा. रामप्रसाद घिमिरे, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक विनोदप्रकाश सिंहबीच छुट्टाछुट्टै कार्य सम्पादन करार सम्झौता भएको हो ।

कार्य सम्पादन सम्झौतामा चालु आर्थिक वर्ष गरिने कार्यक्रम, लक्ष्य र समयसीमा उल्लेख गरिएको छ ।

अर्थमन्त्री पौडेलले कार्य सम्पादन सम्झौता मूल्यांकनको महत्त्वपूर्ण आधार हुने उल्लेख गर्दै सिङ्गो टिम परिचालन गरेर सचिवहरू र महालेखा नियन्त्रक सम्झौतामा उल्लेखित कार्यक्रम कार्यान्वयनमा खरोा उत्रिने विश्वास व्यक्त गरे ।

अर्थसचिव घिमिरेले वार्षिक कार्यक्रम र नीतिसँग सामञ्जस्य कायम गरी सम्झौतामा उल्लेखित क्रियाकलाप कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?