+
+

‘वर एण्ड वधु’को पोस्टरमा रोमान्टिक आँचल र विवेक

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २७ गते २०:०६

काठमाडौं । भदौ १४ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘वर एण्ड वधु’ले तीन नयाँ पोस्टर सार्वजनिक गरेको छ ।

सार्वजनिक पोस्टरमध्ये दुई पोस्टरमा अभिनेत्री आँचल शर्मा र डेब्यु एक्टर विवेक कर्माचार्यलाई रोमान्टिक अवतारमा देखाइएको छ । अर्को एक पोस्टरमा भने फिल्मका अधिकांश कलाकार अटाएका छन् ।

मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्ममा विजय लामा, किरण केसी, रविन्द्र खड्का, सृष्टि खड्का, हिमेश पन्त, कुसुम शर्मा, दिनेश काफ्ले, सीता न्यौपाने, अंशु महर्जन, सरिता लामिछाने, गरिमा शर्मा लगायतका कलाकारको अभिनय छ ।

प्रदीप भारद्धाजको पटकथा लेखन रहेको फिल्मका कार्यकारी निर्माता डा. अमित रिजाल हुन् । एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा जानुका थापाको लगानी छ ।

फिल्ममा सुदिप बरालको छायांकन, मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर, कविराज गहतराज र अनिसा स्याङ्देनको नृत्य, हिमाल केसीको एक्सन छ ।

फिल्मका दुई गीत सार्वजनिक भइसकेका छन् । रोमान्टिक कमेडी जनरामा निर्माण भएको यो फिल्मले बक्स अफिसमा सुखद व्यापार गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?