+

एभरेष्ट वुमन्स भलिबल लिगको ६ मार्की प्लेअर घोषणा

२०८१ साउन  २७ गते २१:२७ २०८१ साउन २७ गते २१:२७
एभरेष्ट वुमन्स भलिबल लिगको ६ मार्की प्लेअर घोषणा

२७ साउन, काठमाडौं । एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभिए) को ६ टिमहरुले आफ्नो टिमको मार्की प्लेअर घोषणा गरेका छन् ।

आयोजक इन्फिनिटी ड्रिम्सले आइतबार ६ फ्रेन्चाइज टोलीको मार्की प्लेअरको नाम सार्वजनिक गरेको छ । सरस्वती चौधरी गण्डकीका लागि मार्की प्लेअर भएकी छिन् । काठमाडौंको मार्की प्लेअर उषा भण्डारी, मधेश प्रदेशको मार्की प्लेअर निरुता ठगुन्ना, चितवनको मार्की प्लेअर अरुणा शाही, कर्णाली प्रदेशको मार्की प्लेअर सुमित्रा रेग्मी र ललितपुरको मार्की प्लेअर सलिना श्रेष्ठ भएकी हुन् ।

इन्फिनिटी ड्रिम्सले महिला भलिबलको फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल संघसँग ७ वर्षको सम्झौता गरेको छ ।

आयोजकले अब बाँकी खेलाडी ड्राफ्टमार्फत टिममा राख्ने जनाएको छ । टिममा ९ नेपाली र ३ विदेशी खेलाडी हुनेछन् । यस्तै  प्रतियोगिताको लागि आधिकारिक मिती भने घोषणा भइसकेको छैन ।

एभरेष्ट वुमन्स भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय