+
+

युनिलिभरको नाफा बढ्यो, प्रतिसेयर आम्दानी २,१४४ रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २८ गते ८:४१

२८ साउन, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत सबैभन्दा मूल्यवान कम्पनी युनिलिभर नेपालको नाफा ७.६ प्रतिशत बढेको छ ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा १ अर्ब ९७ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा कम्पनीको यस्तो नाफा १ अर्ब ८३ करोड रुपैयाँ थियो ।

कम्पनीको सञ्चालन आम्दानी घटे पनि अन्य आम्दानीमा भएको वृद्धि र कुल खर्चलाई केही घटाएपछि नाफामा टेवा पुगेको छ । सञ्चालन आम्दानी अघिल्लो आर्थिक वर्षमा ८ अर्ब ४८ करोड रहेकोमा गत आर्थिक वर्ष ८ अर्ब २३ करोडमा झरेको छ । अन्य आम्दानी भने अघिल्लो आर्थिक वर्ष १९ करोड ३६ लाख रहेकोमा गत आर्थिक वर्ष २४ करोड ७ लाख छ ।

त्यस्तै कम्पनीले कुल खर्च पनि घटाएको छ । अघिल्लो आर्थिक वर्षमा कुल खर्च ६ अर्ब ४३ करोड रहेकोमा गत आर्थिक वर्ष ६ अर्ब ६ करोडमा झरेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २ हजार १४४ रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी १ हजार ९८८ रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ ५ हजार २८५ रुपैयाँ छ ।

स्थानीय उत्पादनसँगको प्रतिस्पर्धा तथा ग्राहकको उपभोगमा आएको गिरावटका कारण बिक्री आम्दानीमा संकुचन आएको कम्पनीले स्पष्ट पारेको छ । आइतबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ५० हजार रुपैयाँ छ । विगत एक महिनामा कम्पनीको मूल्य ११ प्रतिशत बढेको हो । ठीक एक महिनाअघि कम्पनीको मूल्य प्रतिकित्ता ४४ हजार ९३३ रुपैयाँ थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?