+
+

‘डेडपुल एण्ड वुल्भरिन’ले विश्वभरबाट कमायो १ बिलियन डलर

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २८ गते १२:४५

काठमाडौं । हलिउड सुपरहिरो फिल्म ‘डेडपुल एण्ड वुल्भरिन’ बिलियन डलरको क्लबमा प्रवेश गरेको छ । डिज्नीको यो मार्वल सिनेम्याटिक युनिभर्सको पछिल्लो फिल्मले उत्तर अमेरिकामा ४९४.३ मिलियन डलर र अन्तर्राष्ट्रिय बजारमा ५३५.१ मिलियन डलर कमाइ गरेको भेराइटीले जनाएको छ ।

सन् २०२४ मा बिलियन डलर कमाउने यो दोस्रो फिल्म हो । यसअघि डिज्नीकै ‘इनसाइड आउट २’ ले १.५५८ बिलियन डलर कमाइ गरेको थियो । चाँडै यसले आर रेटेड फिल्म ‘जोकर’को कमाइ १.०७ बिलियन डलरलाई उछिन्ने अनुमान छ ।

‘डेडपुल एण्ड वुल्भरिन’ एक बिलियन डलर कमाउने डिज्नीको ३१ औं र मार्वल सिनेम्याटिक युनिभर्सको ११ औं फिल्म हो । तर डिज्नीले आफ्ना पछिल्ला फिल्महरु ‘इटर्नल्स’, ‘एन्ट म्यान एण्ड द वास्प : क्वान्टुमेनिया’ र ‘द मार्वल्स’जस्ता फिल्मबाट निराशा व्यहोर्नुपरेको छ ।

सान लेवी निर्देशित फिल्म म ‘डेडपुल एण्ड वुल्भरिन’को स्वामित्व यसअघि हलिउडको अर्को स्टुडियो ‘ट्वेन्टिथ सेन्चुरी फक्स’सँग थियो । यो फिल्म मार्वल कमिक्समा आधारित छ । फिल्मले नेपालमा अहिलेसम्म दुई करोड भन्दा बढी कमाइ गरेको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?