+
+

ओलम्पिक हलिउड जानुअघि पेरिसमा टम क्रुजको एक्सन (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २८ गते १३:४४

काठमाडौं । अन्ततः ओलम्पिक प्रतियोगिता हलिउड पुग्ने संघारमा छ । हलिउड पुग्नुअघि अभिनेता टम क्रुजले पेरिस ओलम्पिकको समापनमा आफ्नो शानदार स्टन्ट मार्फत त्यो देखाउने प्रयास गरे ।

पेरिस ओलम्पिकको समापन टम क्रुज, स्नुप डग, बिली एलिस प्रेरित रह्यो । ‘मिसन इम्पोसिबल’ स्टारले रंगशालाको माथिबाट डोरीको मद्दतमा स्टन्ट प्रदर्शन गर्दै भुईंमा टेके । बाइक हुँदै बाहिरिए । फ्यानसँग भेटघाट गरे ।

यति मात्र होइन, सन् २०२८ मा ओलम्पिक प्रतियोगिता गर्ने तयारीमा जुटेको हलिउड सहर लस एन्जलसको लागि अभिनेता क्रुजले ओलम्पिक झण्डा पनि ग्रहण गरे ।

त्यसपछि हलिउडको साइन प्रदर्शन गरियो । अवश्य पनि, अभिनेता क्रुज उनको खतरनाक स्टन्टको कारण चर्चामा हुन्छन् । अभिनेता क्रुज यतिबेला मल्टिबिलियन फिल्म ‘मिसन इम्पोसिबल’को आठौं श्रृंखलाको तयारीमा छन् । यो फिल्म सन् २०२५ मा रिलिज हुने अपेक्षा छ ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?