+
+

हिमालय एयरलाइन्सले कुवेतमा पुनः उडान सुरु गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २८ गते १३:४५

२८ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले कुवेतमा काठमाडौंबाट सिधा उडान गर्ने भएको छ । २० अगस्ट २०२४ देखि कुवेतमा आफ्नो सिधा उडान सुरु गर्ने कम्पनीले जनाएको छ ।

कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीको अधिक माग सम्बोधन गर्दै हिमालयले पुनः उडान सुरु गर्न लागेको बताएको छ ।

कम्पनीले कुवेतका लागि जनरल सेल्स एजेन्टका रूपमा सिजर्स ट्राभल ग्रुपलाई नियुक्त गरेको छ ।

सुरुमा काठमाडौं–कुवेत–काठमाडौं हवाई मार्गमा सातामा एक उडान हुने भएको छ । मागका आधारमा उडान थप्ने योजना रहेको समेत कम्पनीले बताएको छ ।

काठमाडौं–कुवेत उडान काठमाडौंदेखि स्थानीय समय अनुसार बिहान ००:४० बजे उड्ने र स्थानीय समय अनुसार बिहान ०३:१५ बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने छ ।

कुवेत–काठमाडौं उडान कुवेतबाट स्थानीय समय बिहान ०४:१५ मा उडान भर्ने र स्थानीय समय अनुसार बिहान ११:५० मा काठमाडौं अवतरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?