+
+

नबिल बैंकको नबिल एसएसई फेलोसिपमा आवेदन खुला

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २८ गते १४:४४

काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसिएल इन्टरप्रेनरसिप फेलोसिप कार्यक्रम-२०२४ का लागि आवेदन खुला गरेको छ । तेस्रो ब्याचको सफलतापछि बैंकले चौथो ब्याचको कार्यक्रमका लागि आवेदन माग गरेको जनाएको छ ।

सामाजिक परिवर्तनका लागि नवीनतम सोच भएका १८ वर्षभन्दा माथिका नेपाली नागरिकले १४ भदौसम्म आवेदन दिन सक्नेछन् ।

बैंकले कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, र सूचना प्रविधि लगायत कुनै पनि क्षेत्रमा नवीनतम सोच भएका र उद्यम गर्न चाहिने सिप तथा तालिमको खोजीमा रहेका उद्यमीलाई निःशुल्क तालिमका लागि आवेदन खुला गरेको हो ।

इच्छुक व्यक्तिहरूले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध फारम भरेर वा क्यूआर कोड स्क्यान गरेर आवेदन दिन सक्ने छन् । यो कार्यक्रम बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन भइरहेको छ ।

यो कार्यक्रम नबिल बैंक र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टको सहकार्यमा ६ महिनासम्म चल्नेछ ।

आवासीय र प्रयोगात्मक ढाँचामा सञ्चालन हुने यस कार्यक्रममा सहभागीहरूले सामाजिक उद्यमको सम्पूर्ण व्यावसायिक चक्रमा आवश्यक तालिम प्राप्त गर्नेछन् ।

तालिमपछि, उनीहरूले आफ्नो उद्यमको प्रकृतिअनुसार विज्ञहरूको सहयोगमा व्यावहारिक चुनौतीहरूको समाधानका लागि आवश्यक सहयोग प्राप्त गर्नेछन् । यसले दीर्घकालीन सफलता प्राप्त गर्न मद्दत गर्ने बैंकले विश्वास लिएको छ ।

हालसम्म नबिल एसएसई अन्तर्गत ५६ जना सामाजिक उद्यमीले तालिम प्राप्त गरी ८० प्रतिशतले उद्यम स्थापना गरेका छन् भने ११ सय ८४ रोजगारीका अवसरहरू सिर्जना भएका छन् ।

यस कार्यक्रमका सहभागी फेलोहरुले स्थापना गरेका उद्यमले स्थानीय स्तरमा उपलब्ध स्रोत–साधनहरूको दिगो उपयोग गरी रोजगारी सिर्जना गर्नुका साथै स्थानीय अर्थतन्त्र बलियो बनाउन समेत मद्दत गरेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?