+
+

बागमती र सुदूरपश्चिमका प्रदेश प्रमुखबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २८ गते १४:०४

२८ साउन, मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँबीच सोमबार भेट भएको छ ।

सुदूरपश्चिमको अस्थायी राजधानी कैलालीमा भएको भेटमा बागमती प्रदेशका प्रदेश प्रमुख देवकोटालाई सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मियाँले बधाइ तथा सफल कार्यकालको शुभकामना दिए ।

सुदूरपश्चिमका बासिन्दा देवकोटालाई १४ साउनमा संघीय सरकारको मन्त्रिपरिषद बैठकले बागमतीको प्रदेश प्रमुख सिफारिस गरेको थियो भने १७ साउनमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका थिए ।

लगत्तै १८ साउनमा बागमती प्रदेश कार्यालय हेटौंडामा एक समारोहबीच पदबहाल भएका देवकोटा आइतबार  गृहजिल्ला कैलाली पुगेका थिए । प्रदेश प्रमुख नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला पुगेका देवकोटालाई  सुदूरपश्चिम प्रदेश प्रमुख कार्यालयका कर्मचारी तथा स्थानीयवासीहरुले समेत बधाई दिएका थिए ।

सोही भेटमा प्रदेश प्रमुखहरु बीच दुई प्रदेशको समन्वय र सहकार्य तथा विकासका सन्दर्भमा छलफल समेत भएको प्रदेश प्रमुख देवकोटाको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?