+
+

प्राधिकरणलाई यशोदा फुड्सले भन्यो : ट्रंक लाइनको महसुल तिरेका होइनौं

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २८ गते १४:३८

२८ साउन, काठमाडौं । भैरहवास्थित यशोदा फुड्स प्रालिले आफूहरूले डेडिकेटेड लाइनको बक्यौता महसुल नतिरेको बताएको छ ।

केही दिनअघि नेपाल विद्युत् प्राधिकरणले यशोदा फुड्स प्रालि लगायत चार उद्योगले डेडिकेटेड एवम् ट्रंक लाइनको बक्यौता भुक्तानी गरेको दाबी गरेको थियो ।

तर, दैनिक उपभोग्य खाद्यवस्तु उत्पादन गरी बजारमा पठाउनुपर्ने उद्योगलाई पैसा नतिरे लाइन काट्ने भनेर प्राधिकरणले धम्कीपूर्ण पत्र पठाएपछि उद्योगले नियमित विद्युत् महसुलमा थप रकम भुक्तानी गरेको उद्योगले जनाएको छ ।

तर, विद्युत् प्राधिकरणले त्यो रकमलाई प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिरेको भनी मिलान गरेकोमा त्यसमा उद्योगको असहमति रहेको उसले जनाएको छ ।

‘बिजुली काटिएको अवस्थामा माग बमोजिम उत्पादन बजारमा पुर्‍याउन नसक्ने र त्यसबाट बजारमा असर पर्ने भएकोले बाध्य भएर उद्योगले केही रकम दाखिला गरेको थियो । प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन बिलको रूपमा सो रकम मिलान गरेको पाइएकोले माग नै नगरेको विद्युत महसुलका सम्बन्धमा उद्योगलाई चित्त बुझेको छैन,’ उद्योगले प्राधिकरणलाई लेखेको पत्रमा भनिएको छ, ‘उद्योगको तर्फबाट दाखिला भएको बढी रकमलाई अग्रिम दाखिला रकममा कायम गरी राखिदिन अनुरोध छ ।’

उद्योगले कहिल्यै पनि डेडिकेटेड र ट्रंक लाइन माग नै नगरेको तर प्राधिकरणले त्यस्तो लाइन लिएको भनी विशेष दर लगाई छुट प्रिमियम महसुल रकम माग गरी पत्राचार गरेकोमा उद्योगको चित्त नबुझेको पनि उसले उल्लेख गरेको छ ।

लाल आयोगको प्रतिवेदन र सिफारिस बमोजिम केही तिर्नु पर्ने भए सो तिर्न उद्योग तयार रहेको जनाएको छ । तर, विवादित रकम तत्काल दाखिला नगरे लाइन काटिने प्राधिकरणको धम्कीपूर्ण ताकेता प्रति उद्योगले असहमति जनाएको छ ।

प्राधिकरणले बाध्य बनाई रकम असुल गरेको र त्यही रकमलाई डिकेटेड र ट्रंक लाइनको बक्यौता भुक्तानी गरेको भन्दै त्यसमा मिलान गरेको भन्दै सो रकम फिर्ता गर्न उद्योगले माग गरेको छ ।

उद्योगले विगतदेखि नै नियमित शुल्क भुक्तानी गरिरहेको समेत जनाएको छ ।

हेर्नुहोस् उद्योगले प्राधिकरणलाई लेखेको पत्र :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?