+
+

गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २८ गते १४:२६

२८ साउन, गुल्मी । गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ ।

मुसिकोट नगरपालिका वडा नम्बर– ५ आँपचौर निवासी ३१ वर्षका रमेश लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर पोखरेलले बताए ।

लामिछाने अरिङ्गाल पोल्न रुखमा चढेका थिए । सोही क्रममा अरिङ्गालले टोक्दा उनी रुखबाट लडेका थिए ।

लामिछानेको पाल्पा मिसन अस्पतालमा उपचारको क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?