+
+

कांग्रेस बैठकमा मधु आचार्यको प्रश्न : विधान विपरीत टिकट बाँड्ने संसदीय समितिलाई कारबाही हुन्छ कि हुँदैन ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २८ गते १५:०३

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले संसदीय समितिले विधान उल्लंघन गरे कारबाही हुने/नहुने पार्टीभित्र प्रश्न उठाएका छन् ।

केन्द्रीय समितिको बैठक बोल्ने क्रममा आचार्यले पार्टीभित्र अनुशासनको कारबाही गर्दा ‘सानालाई ऐन, ठूलालाई चैन’ हुन नहुने बताए । विधान बमोजित तलबाट सिफारिस भएकालाई संसदीय समितिले उम्मेदवार नबनाए उक्त समिति माथि अनुशासनको कारबाही हुन्छ कि हुँदैन? भनि प्रश्न गरेका छन् ।

आचार्यले भने,‘पार्टीको विधान बमोजिम तल्ला तहबाट सिफारिस नै नभएका व्यक्तिलाई टिकट दिएर पठाएमा संसदीय समितिलाई अनुशासनको कारबाही हुन्छ कि हुँदैन?’

आचार्यले भ्रष्टचार नियन्त्रणका लागि लोकपाल विधेयको आवश्यकता रहेको बताए । आचार्यले सरकारबाट हुने नीतिगत भ्रष्टचार एवं अख्तियार दुरुपयोग निवारण आयोगबाट हुने सक्ने अख्तियारलाई समेत छानविन र कारबाही गर्नसक्ने गरी लोकपाल विधेयकको आवश्यकता रहेको बताए ।

उनले भने,‘ सरकारबाट हुने नीतिगत भ्रष्टचार एवं अख्तियार दुरुपयोग निवारण आयोगबाट हुने सक्ने अख्तियारलाई समेत छानविन र कारबाही गर्नसक्ने दण्डात्मक,निरोधात्मक र प्रवद्र्धानात्मक अधिकार सहित लोकपाल विधेय बनाउन अग्रसरता लिऔं ।’

विगतमा भएका ठूला अनियमितताको छानविन गर्न पूर्व प्रधानन्यायाधीसको नेतृत्वमा उच्च स्तरीय छानविन समिति बनाउन कांग्रेसले पहल गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?