+
+

सुमेरु सहकारीका राजबहादुर सिंहसँग संसदीय विशेष समितिले लियो बयान

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २८ गते १५:१६

२८ साउन, काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सुमेरू वचत तथा ऋण सहकारी संस्था पुल्चोकका शेयरसदस्य राजबहादुर सिंहसँग बयान लिएको छ ।

समिति सभापति सूर्य थापाका अनुसार सिंहले आफ्नो निजी सम्पत्तिबाट समेत वचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गर्ने बताएका छन् ।

यही लक्ष्य अनुसार सहकारी संस्था पुनः सञ्चालन गर्ने योजनाका साथ नयाँ संचालक समूह आएको सिंहले जानकारी गराएका छन् ।

राजबहादुर सिंह पूर्वराजा ज्ञानेन्द्रका ज्वाईं हुन् । बयानका क्रममा उनले आफूले पहिलो पटक यस्तो बयान दिएको पनि बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?