+
+

प्रशोधित पानी उत्पादकसँग विभागले माग्यो लागत पुष्टि गर्ने कागजात

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २८ गते १५:२३

२८ साउन, काठमाडौं । प्रशोधित पानी उत्पादक कम्पनीहरूले सरकारले तोकेको अधिकतम खुद्रा मूल्यमा असन्तुष्टि जनाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लागत पुष्टि कागजात माग गरेको छ ।

प्रशोधित पानी उत्पादक कम्पनीलाई जार र बोतलको पानीको तोकिएको अधिकतम खुद्रा मूल्यभन्दा बढी हुने गरी होटल, रेस्टुरेन्टसँग सम्झौता नगर्न चेतावनी दिएको थियो ।

विभागले सोमबार एक सूचना जारी गर्दै विभागले प्रशोधित पानीको अलावा अन्य प्रकारको पानी उत्पादन र बिक्री वितरण गरेको भए त्यसको उत्पादन लागतको विश्लेषण चार्टसहित कागजात बुझाउन भनेको छ ।

यस्तो विवरण विभागले अनुगमन/निरीक्षण गर्दा फरक नपर्ने सुनिश्चित गर्न समेत सचेत गराइएको छ ।

यसका लागि ७ दिनभित्र कागजात बुझाउन भनिएको छ । सरकारको सूचनापछि पानी उत्पादक कम्पनीहरूले विरोध गरेका थिए ।

विभागले गत बुधबार एक सूचना प्रकाशित गर्दै पानी उत्पादकले उही प्रकारका गुणस्तर, नापतौल र परिमाणको पानीमा फरक-फरक एमआरपी लगाई बिक्री वितरण नगर्न भनेको हो ।

हेर्नुहोस् सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?