+
+

प्रधानमन्त्रीलाई मुकुलको सुझाव : नागरिकता पुनः प्राप्त गर्नेलाई राज्यको प्रमुख पदको जिम्मेवारी नदिऔं

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २८ गते १६:३२

२८ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको भूमिकाबाट पदमुक्त भएका मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर १५ बुँदे प्रतिवेदन बुझाएका छन् ।

एकपटक नेपाली नागरिकता त्यागेको व्यक्तिले पुनः नागरिकता लिएमा राज्यका प्रमुख पदमा पुग्न नपाउने गरी संविधान संशोधन हुनुपर्ने ढकालले माग गरेका छन् ।

प्रधानमन्त्रीसँग सोमबार बिहान बालुवाटारमा भेटेर प्रदेश संरचना खारेज गर्नुपर्ने माग सहितको प्रतिवेदन पेश गरेका छन् । ढकालले जनतालाई प्रदेश संरचनालाई लिएर निराशा र आक्रोश रहेको जानकारी गराएका हुन् । ढकालले उपराष्ट्रपति पद खारेज गर्नुपर्ने माग सहितको प्रतिवेदन बुझाएका छन् ।

उनले स्थिर निर्वाचन प्रणालीका लागि थ्रेसहोल्ड बढाउने, एउटै मतपत्रमा निर्वाचन गर्ने, एकपटक समानुपातिकबाट निर्वाचितलाई फेरि समानुपातिकको उम्मेदवार हुन नपाउने व्यवस्था हुनुपर्ने प्रतिवेदनमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?