+
+

क्यान्सर पीडित गीतकार टीका चाम्लिङलाई ४ लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २८ गते १६:४२

काठमाडौं । क्यान्सरबाट पीडित गीतकार टीका चाम्लिङलाई उपचारार्थ चार लाख रुपैयाँ अर्थ सहयोग गरिएको छ । हङकङमा बसोबास गर्दै आइरहेका गीतकार संघ नेपालका सदस्य बज्रकुमार थुलुङ राईको संयोजनमा संकलित रकम प्रदान गरिएको हो ।

संघका अध्यक्ष बसन्त बित्यासी थापा, महासचिव टीका राई ‘शिव’, कोषाध्यक्ष चेतन खतिवडा, निवर्तमान अध्यक्ष शुभ मुकारुङ र भक्त राईले चाम्लिङको निवास भक्तपुरमा पुगेर रकम हस्तान्तरण गरे ।

हङकङबाट संकलित उक्त रकम सँगै कुल ४ लाख ३५ हजार ७३९ रुपैयाँ प्रदान गरिएको संघले जनाएको छ । तीन दशकदेखि गीत लेखनमा सक्रिय रहेका चाम्लिङ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य हुन् ।

एक वर्षदेखि उनी हेड एण्ड नेकको क्यान्सरबाट पीडित छन् । उपचारको क्रममा आर्थिक अभाव भएपछि संघले रकम संकलनका लागि पहल गरेको थियो । यसअघि पनि संघले २५ हजार रुपैयाँ संस्थागत रुपमा सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?