+
+

लोकार्नोमा ‘शाम्बाला’को फोटोकल (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २८ गते १७:५९

काठमाडौं । स्वीट्जरल्याण्डको विश्वप्रसिद्ध लोकार्नो फिल्म फेस्टिभलमा नेपाली समयानुसार सोमबार राति नेपाली फिल्म ‘शाम्बाला’को विशेष स्क्रिनिङ हुँदैछ । फेस्टिभलको पियाजा ग्राण्डे विधामा फिल्म स्क्रिनिङ हुन लागेको हो ।

स्क्रिनिङपूर्व फिल्मको निर्देशक र कलाकार सहभागी फोटोकलको आयोजना गरियो । फोटोकलमा निर्देशक मीनबहादुर भामसहित कलाकारद्वय थिन्ले ल्हामो र कार्म सहभागी भए । स्वीस मिडियासँग उनीहरुले फोटो खिचाए ।

लगत्तै उनीहरुले फिल्मको पत्रकार सम्मेलनमा भाग लिए । पत्रकार सम्मेलनमा निर्देशक भामसहित कलाकारको टिमले मिडियासँग प्रश्नोत्तर गरे । बर्लिन फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको ‘शाम्बाला’ भदौ २८ गते नेपालभर प्रदर्शन हुँदैछ ।

‘कालोपोथी’ फेम्ड भामको यो दोस्रो निर्देशकीय फिचर हो । फिल्ममा थिन्ले ल्हामो र सोनम तोप्देन शीर्ष भूमिकामा छन् । यो फिल्मले नेपालको पश्चिमी हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथा पेश गर्छ । बर्लिनबाट फिल्मले सकारात्मक प्रतिक्रिया पाइसकेको छ ।

फिल्मले एक पुरुष र उनका दुई साना भाइसँग बहुआयामी वैवाहिक सम्बन्धमा रहेकी एक महिला पेमालाई पछ्याउँछ । जब व्यापारका लागि गएका पुरुष फर्किंदैनन्, तब पेमाले आफ्नो गर्भमा रहेको बच्चालाई वैधता दिनका लागि उसलाई खोज्न थाल्छिन् । तिब्बती र नेपाली भाषामा बनेको यो फिल्मलाई नेपालमा एप्पल इन्टरटेनमेन्टले रिलिज गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?