+
+

ललितपुरमा खोलाले बगाएर बालिकाको मृत्यु

रासस रासस
२०८१ साउन २८ गते १८:५२

२८ साउन, ललितपुर। ललितपुरको कोन्जोसोम गाउँपालिका–३ सिलिङगेवेसीमा ठोस्ने खोलाले बगाएर आज एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही गाउँपालिका–१ दलचोकी बस्ने काभ्रेको पनौती घर भएकी प्रमिला भण्डारीकी छोरी साढे दुई वर्षीया प्रिन्सिका भण्डारी रहेको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले खोलाले बगाएर आइतबारदेखि हराइरहेकी उनको खोजी गर्ने क्रममा रूखको हाँगामा अड्किएको अवस्थामा आज शव फेला परेको जानकारी दिए ।

काठमाडौँ महानगरपालिका–६ बौद्ध चुच्चेपाटी ढुङ्गेधारा डेरा गरी बस्ने बैतडी दशरथ चन्द नगरपालिका–४ घर भएका २४ वर्षीय नवीनसिंह बोहरा आफ्नै कोठामा मृत फेला परेका पनि प्रहरीले आज जानकारी दिएको छ ।

आइतबार मृत भेटिएका उनको विषयमा आवश्यक अनुसन्धान थालिएको पनि कार्कीले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?