+
+

ग्रिनकार्डको प्रलोभनमा मौरिसस पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २८ गते १९:१२

२८ साउन, काठमाडौं । ग्रिनकार्डको प्रलोभन देखाएर मौरिसस पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका–१ घर भएका५४ वर्षीय बुद्धिराज न्यौपाने छन् । मानव बेचबखिन अनुसन्धान ब्यूरोको टोलीलेउनलाई सोमबार काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको हो ।

उनीविरुद्ध मानव बेचबिखनतथा ओसारपसारको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्यूरोकाप्रवक्ता तथा एसपी गौतम मिश्रले बताए । उनले आर्थिक अवस्था कमजोर भएकी एक महिलालाई मासिक ७० हजार कमाई हुने भन्दै मौरिसस पठाइदिने र केही समयमै ग्रिनकार्ड हुने आश्वासन दिएका थिए ।

ती महिलाबाट उनले २ लाख ५० हजार रुपैयाँ समेत लिएको खुलेको छ । ती महिलालाई नेपालबाट भारतको दिल्ली हुँदै १३ माघ २०८० मा मौरिसस पुर्‍याएका थिए ।

पूर्वयोजना अनुसार मौरिससस्थित एअरपोर्टमा ती महिलालाई एक मौरिसस नागरिकले रिसिभ गरेका थिए । मौरिसस नागरिकले भने नेपाली महिलालाई न्यौपानेमार्फत आफूले खरिद गरेको भन्दै दैनिक १८ घण्टासम्म काममा लगाउने र चरम यौन र श्रमशोषण गरेको आरोप छ ।

मौरिसस नागरिकको घरबाट फरार भई उनी पोर्चुगल रहेको नेपाली नागरिकको सहयोगमा २० असार २०८१ मा नेपाल आएर ब्यूरोमा जाहेरी दिएकी थिइन् । त्यसपछि न्यौपानेलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको ब्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?