+
+

‘छक्कापञ्जा ५’को रोमान्टिक गीत ‘बिहे भाको छैन’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २८ गते १९:४१

काठमाडौं । यसवर्षको प्रतीक्षित फिल्म ‘छक्कापञ्जा ५’को पहिलो गीत ‘बिहे भाको छैन’ सार्वजनिक भएको छ । आइतबार ओएसआर युट्यव च्यानलबाट रोमान्टिक गीत रिलिज भएको हो ।

दीपक शर्माद्वारा संगीतबद्ध डान्सिङ ट्रयाकमा सविन सुवेदी र बेनिशा पौडेलको स्वर समावेश छ । गीतमा फिल्मका दुई शीर्ष कलाकार दीपकराज गिरी र वर्षा सिवाकोटी फिचर्ड छन् ।

विवाहका लागि केटाले केटीलाई फकाउन गरेको प्रयत्नको भाव र नृत्य कम्पोजमा गीत तयार भएको छ । यो गीतले दशैंतिहारको फेस्टिभ मुड जगाउने पक्का छ । संगीतकार शर्माले लोकलयमा आधारित यो गीतलाई छमछमी नाच्न मिल्ने शैलीमा तयार पारेका छन् ।

मौलिक र टच्ची शब्दको प्रयोग गरिएको हुँदा दर्शकले रुचाउन सक्ने देखिन्छ । नृत्य निर्देशक सुनिल क्षेत्रीले कलाकार र गीतको मुडअनुसार भिन्न सेट र कथानुसारको कम्पोज गरेका छन् । गीतको सुरु र अन्त्यमा अर्का मुख्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को न्यारेसन समावेश छ ।

गीतको सुरुमा घिमिरे भन्छन्- एउटा थियो राजा, एउटा थिइन् रानी । यो अद्भूत जोडीको प्रेमकहानी ।’ गीतको अन्त्यमा पनि माग्ने बुढाकै न्यारेसन छ- यस्तै छ राजा, यस्तै छिन् रानी । असोज २४ मा बाँकी कहानी ।’ भिडियोमा माग्ने बुढा पनि देखिन्छन् ।

यो फिल्म दसैं फूलपातिको छेकोमा असोज २४ मा रिलिज हुँदैछ । दीपाश्री निरौला निर्देशित फिल्म आमा सरस्वती मूभिज र आइएमइको ब्यानरमा निर्माण भएको हो । माग्ने बुढा र निर्मल शर्मा कार्यकारी निर्माताको रुपमा छन् ।

‘छक्कापञ्जा’को पाँचौ श्रृंखलाले दसैं बक्स अफिसमा आक्रमक ओपनिङ गर्न सक्ने अनुमान छ । गीत रिलिजसँगै फिल्मको प्रचारप्रसार पनि सुरु भएको निर्माता तथा अभिनेता गिरीले अनलाइनखबरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?