+
+

आइएमई लाइफको सीइओमा पुनः फुयाँल

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २८ गते २०:५३

२८ साउन,  काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुनः कवि फुयाँल नियुक्त भएका छन् ।

२०७७ सालयता कम्पनीको प्रमुख कार्यकारी अधिकृत रहेका फुयाँललाई उनको उत्कृष्ट कार्यसम्पादनको मूल्याङ्कन गर्दै सञ्चालक समितिले दोस्रो कार्यकालका लागि पनि निरन्तरता दिएको हो ।

गत श्रावण १४ गते बसेको सञ्चालक समितिको बैठकले फुयाँलको पुनः नियुक्तिको निर्णय गर्दै स्वीकृतिका लागि वीमा प्राधिकरण पठाएकोमा श्रावण २८ गते प्राधिकरणले स्वीकृति प्रदान गरेको हो ।

वीमा क्षेत्रमा लामो अनुभव संगालेका फुयाँलले चार बर्षयता आईएमई लाइफलाई नेतृत्व दिँदै आएका छन् । उनकै कार्यकालमा कम्पनीले आइपीओ जारी गर्दै एक अर्व ४० करोड रुपैयाँ रहेको पूँजी बृद्धि गरी हाल पाँच अर्ब पुगेको छ । यस्तै कम्पनीले ब्यापार र वित्तिय सूचकमा पनि ठूलो फडको मारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?