+

एएफसी च्यालेन्ज लिगको समूह चरणमा पुग्न चर्च ब्वाइज र पारो एफसी खेल्दै

२०८१ साउन  २९ गते ७:५२ २०८१ साउन २९ गते ७:५२
एएफसी च्यालेन्ज लिगको समूह चरणमा पुग्न चर्च ब्वाइज र पारो एफसी खेल्दै

२९ साउन, काठमाडौं । एएफसी च्यालेन्ज लिग प्लेअफमा आज नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले भुटानको लिग च्याम्पियन पारो एफसीसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । खेलको विजेता एएफसी च्याल्नेज लिगको समूह चरणमा पुग्ने भएकोले दुवै टोलीका लागि महत्वपूर्ण छ ।

राष्ट्रिय टिमका डिफेण्डर अनन्त तामाङको कप्तानीमा रहेको चर्च ब्वाइजले करिब एक महिनादेखि यही खेलका लागि तयारी गरेको छ ।

राष्ट्रिय टिमका अधिकांश खेलाडी समावेश गरेको चर्चा ब्वाइजमा ३ मात्र विदेशी खेलाडी छ ।

उता किन्ले वाङचुकको कप्तानीमा रहेको पारो टोलीमा जापानिस स्टार केसुके होन्डा मुख्य केन्द्रविन्दुमा रहेको छ । पारोले होन्डाहसित ११ विदेशी खेलाडी टिममा राखेको छ । यसअर्थमा यो राष्ट्रिय टोलीका खेलाडी भर्सेस विदेशी खेलाडीको खेल जस्तो पनि देखिनेछ ।

चर्च ब्वाइजका मुख्य प्रशिक्षक बागोपाल महर्जनले पारोमा धेरै विदेशी हुँदा खेल्न गाह्रो हुने भए पनि आफूहरुले शतप्रतिशत दिएर खेल्ने बताएका छन् । यस्तै कप्तान अनन्तले पनि विपक्षी टोलीमा को छ भनेर नाम नहेरी आफ्नो योजना  र रणनीति अनुसार खेल्ने बताएका छन् ।

पारोका प्रशिक्षक पुष्पलाल शर्माले पनि टिममा वर्ल्ड क्लास प्लेअर रहेपनि टिम बन्डिङ र टिम कोअर्डिनेसन महत्वपूर्ण हुने भन्दै चर्च ब्वाइज विरुद्धको खेल गाह्रो हुने बताएका थिए ।

उनले पछिल्लो पटक नेपालमा खेल्न आउँदा मछिन्द्र एफसीसँग पराजित भएपनि यस पटक नतिजा सुधार गर्ने लक्ष्य रहेको बताएका छन् । प्रशिक्षक शर्माले नेपालको मौसम र मैदानको कन्डिसनले गर्दा खेल्न केही कठिन हुने बताएका छन् ।

चर्च ब्वाइजले एएफसी क्लब लाइसेन्स प्राप्त गरेपछि महादेशिय क्लब प्रतियोगितामा डेब्यु गर्न लागेको हो । च्यालेन्ज कप प्लेअफको विजेता मुख्य समूह चरणमा प्रवेश गर्नेछ र विजेताले एक लाख डलर प्राप्त गर्नेछ ।

एएफसी च्यालेन्ज लिग चर्च ब्वाइज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय