+
+

पौने ९ अर्बको बिजुली बेच्दा पनि माथिल्लो तामाकोशी नोक्सानीमा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २९ गते ८:२९

२९ साउन, काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ मा ८ अर्ब ७५ करोड रुपैयाँको बिजुली बिक्री गरेको छ ।

बिजुली बिक्री आम्दानी अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ७.९ प्रतिशत बढी हो । विद्युत् बिक्री आम्दानी उल्लेख्य देखिए पनि कम्पनी भने गत आर्थिक वर्षमा पनि नोक्सानीमा गएको छ ।

कम्पनीले गत आर्थिक वर्ष २ अर्ब ६८ करोड रुपैयाँ नोक्सानी ब्यहोरेको छ । नोक्सानी अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो । अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ९ करोड नोक्सानी थियो ।

समग्रमा  ब्याजदर घट्दा कम्पनीको वित्तीय लागत घटेको छ । अघिल्लो आर्थिक वर्षमा वित्तीय लागत ७ अर्ब २७ करोड रहेकोमा गत आर्थिक वर्षमा यो ६ अर्ब ६९ करोड छ ।

दीर्घकालीन ऋण उच्च रहेकाले त्यसको ब्याजले कम्पनीको वित्तीय लागत उच्च छ । जसले गर्दा विद्युत् बिक्री आम्दानी उल्लेख्य भए पनि कम्पनी नोक्सानीमा गएको हो ।

कम्पनीको दीर्घकालीन ऋण नै ७१ अर्ब १३ करोडभन्दा बढी छ । आयोजना निर्माणमा भएको अत्याधिक ढिलाइका कारण कम्पनीको दीर्घकालीन ऋण उच्च हुन गएको हो । हाल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट कम्पनीले विद्युत् उत्पादन गरी बिक्री गरिरहेको छ ।

नोक्सानीसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि १२ रुपैयाँ ६९ पैसा ऋणात्मक छ । कम्पनीको प्रतिसेयर नेटवर्थ जम्मा ५६ रुपैयाँ ८८ पैसा छ । २१ अर्ब १८ करोड चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ पनि ९ अर्ब १३ करोड ऋणात्मक छ । सोमबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता २५४ रुपैयाँ ९० पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?