+
+

एचआईडीसीएलको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३५ पैसा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २९ गते ८:३६

२९ साउन, काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको नाफा सामान्य बढेको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीको यो नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ५.६ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

यो कम्पनीले विभिन्न आयोजनाहरुमा ऋण लगानी गर्दछ । सोवापत कम्पनीले लिने ब्याज आम्दानी नै प्रमुख बिजनेस हो ।  गत आवमा कम्पनीको वित्तीय आम्दानी (ब्याज आम्दानी) २ अर्ब ८ करोड रुपैयाँ छ । यस्तो आम्दानी अघिल्लो आवको तुलनामा ३ प्रतिशतले घटेको हो । कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३५ पैसा छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ६ रुपैयाँ ४ पैसा थियो ।

प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ९५ पैसा छ । २२ अर्ब ८७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिजर्भमा ३ अर्ब १९ करोड रुपैयाँ छ । सोमबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता २९७ रुपैयाँ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?