+
+

३० प्रतिशत बढ्यो नेपाल लाइफ इन्स्योरेन्सको नाफा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २९ गते ८:५२

२९ साउन, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ३०.८ प्रतिशतले बढेको छ । कम्पनीले गत आर्थिक वर्षमा ५१ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ३९ करोड २९ लाख रुपैयाँ थियो ।

कम्पनीको मुख्य बिजनेस आम्दानी अर्थात् खुद प्रिमियम आम्दानी भने ९.८ प्रतिशत बढेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षमा ३६ अर्ब ५१ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा ४० अर्ब ११ करोड रुपैयाँ छ । खुद प्रिमियम आम्दानीसहित कुल आम्दानी १२.३ प्रतिशत बढेको छ ।

कम्पनीको कुल आम्दानी अघिल्लो आर्थिक वर्षमा ५२ अर्ब ६७ करोड रहेकोमा गत आर्थिक वर्षमा ५९ अर्ब १७ करोड रुपैयाँ छ ।

कम्पनीको नाफा बढ्दा प्रतिसेयर आम्दानीमा पनि सामान्य सुधार भएको छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ २६ पैसा छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ४ रुपैयाँ ७९ पैसा थियो ।

८ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको सञ्चित नाफा ५ अर्ब २८ करोड रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ११ पैसा छ । सोमबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता ९९५ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?