+
+

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, यस्तो छ रियाल, रिंगिट र दिराम भाउ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २९ गते ९:१६

२९ साउन, काठमाडौं । अमेरिकी डलरको मूल्य बढ्ने क्रम जारी छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३४ रुपैयाँ ६६ पैसा तोकेको छ ।

अघिल्लो दिनको तुलनामा यो २ पैसा बढी हो भने अहिलेसम्मकै उच्च हो । खरिददर मूल्य १३४ रुपैयाँ ६ पैसा छ ।  त्यस्तै क्यानेडियन डलरको बिक्रीदर मूल्य ९८ रुपैयाँ ११ पैसा तथा अस्ट्रेलियन डलरको ८८ रुपैयाँ ८७ पैसा छ ।

यस दिनका लागि साउदी अरेबियन रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ८७ पैसा तोकिएको छ भने खरिददर मूल्य ३५ रुपैयाँ ७२ पैसा छ । कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ९३ पैसा छ भने खरिददर मूल्य ३६ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

युएई मुद्रा दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ६६ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ ५० पैसा छ । मलेसियन रिंगिटको बिक्रीदर मूल्य ३० रुपैयाँ २२ पैसा तथा खरिददर मूल्य ३० रुपैयाँ ९ पैसा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?