+
+

जापानको अनौठो बार, तनाव भगाउन युवतीको लात्ता र मुक्का खानुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २९ गते १२:०९

जापानको राजधानी टोक्योमा एउटा यस्तो अनौठो बार छ, जसले यसको नितान्त नयाँ तथा अपत्यारिलो सेवाका कारण दुनियाँभरका ग्राहकलाई आकर्षित गरिरहेको छ ।

टोक्योमा रहेको Muscle Girl Bar मा बलिया, गठिला तथा खेलाडी युवतीहरुलाई जागिरमा लगाइएको छ । जसमा ब्राजिलियन जिउजित्सु खेलाडीहरु, फिटनेस सेलिब्रेटीहरु, व्यवायिक रेसलरदेखि अभिनेत्रीहरु समेत रहेका छन् । उनीहरुले सो बारमा आउने ग्राहकलाई अनेक खालका शारीरिक अन्तरक्रिया गराउँछन् ।

सो बारमा ग्राहकले मांशपेशी सिक्का खरिद गर्नसक्छन् । सो सिक्काबाट ग्राहकले युवतीहरुको थप्पड र लात्तीदेखि राजकुमारी बोकाइ (प्रिन्सेस स्टाइल क्यारी) को सेवा लिन सक्दछन् । यसका लागि ३० हजार जापानी येन अर्थात् करिब २ सय डलर सम्म शुल्क लाग्दछ ।

सो बारको सबैभन्दा लोकप्रिय ककटेल चाहिँ वेट्रेस युवतीहरुले नांगो हातले अंगुर थिचेर बनाउँछन् ।

वेटरहरुले ग्राहकलाई काँधमा बोकेर उठबस गर्ने एउटा अनौठो सेवा समेत प्रदान गर्दछन् । यसमा ग्राहकले आफ्नो शरीरको वजन अनुसारको शुल्क तिर्नुपर्छ ।

एकजना ५० केजी तौल भएकी मारु नामक वेटरले १३० किलो वजन भएका ग्राहकसम्मलाई बोक्न सक्छिन् ।

सो बार हारी नामकी एक फिटनेस सेलिब्रेटीले सन् २०२० मा खोलेकी थिइन् ।

कोभिड १९ का कारण जिमखाना बन्द भएपछि उनले सो बार खोलेकी हुन् ।

भलिबल खेलाडी समेत रहेकी हारी आफ्नो थप्पड मार्ने शक्ति तथा विधिप्रति विश्वस्त छिन् ।

बारमा युवतीको थप्पड खाएपछि मुस्कुराउँदै एक ग्राहक हिकारुले भने – यो पीडाले मेरा सबै दु:ख बिर्सायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?