+
+

फेसबुक एपमा डार्क मोड कसरी खोल्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २९ गते १२:२८

इन्टरनेट प्रयोगकर्ताका लागि विभिन्न सोसल मिडिया तथा साइटहरुमा डार्क मोड फिचर परिचित फिचर नै हो ।

रातको समयमा स्क्रिनलाई आँखामैत्री बनाउनका लागि यो फिचर निकै उपयोगी हुन्छ । यसले गर्दा आँखामा दबाब कम पर्नुका साथै फोनको ब्याट्री लाइफ बढ्दछ । यद्यपि यो फिचर निकै कमले मात्र प्रयोग गर्ने गरेका हुन्छन् । किनकि धेरैलाई यो फिचरका बारेमा त थाहा हुन्छ, तर यसका फाइदाका बारेमा खासै थाहा हुँदैन । साथै कतिपयले डार्क मोड कसरी सुचारु गर्ने भन्ने तरिका पनि जानेका हुँदैनन् ।

डार्क मोडका फाइदा

डार्क मोडले स्क्रिनबाट निलो प्रकाशको उत्सर्जनलाई घटाउँदछ। यसले विशेष गरी रातको समयमा स्क्रिनको प्रयोग गर्ने क्रममा आँखाको तनावलाई कम गर्दछ ।

त्यसैगरी ओएलइडी तथा एमोलेड स्क्रिनवाला डिभाइसका लागि डार्क मोडले कम उर्जाको खपत गर्दछ । यसले फोनको ब्याट्री लाइफ बढाउन सहयोग गर्दछ ।

कतिपय प्रयोगकर्तालाई खासगरी कम प्रकाशको सेटिंग्समा डार्क मोड देख्नमा आकर्षक लाग्नुका साथै स्क्रिनमा देखिने सामाग्रीमा बढी ध्यान केन्द्रित हुन्छ ।
फेसबुक एपमा डार्क मोड कसरी सुरु गर्ने ?

  • फेसबुक एप खोल्नुहोस् र तीनवटा तेर्सो रेखाहरु भएको आइकनमा ट्याप गर्नुहोस्
  • तल स्क्रोल गर्दै जानुहोस् र Setting अप्सनमा ट्याप गर्नुहोस्
  • Setting मेन्यू भित्रको Account Setting मा ट्याप गर्नुहोस्
  • त्यहाँ तलपट्टि तपाईंले Dark Mode अप्सन देख्नुहुनेछ
  • डार्क मोडलाई सक्रिय बनाउनका लागि सोही अप्सनमा ट्याप गर्नुहोस्
  • डार्क मोड सक्रिय भएसँगै फेसबुक एपको रङ गाढा अर्थात् कालोमा परिणत हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?