+
+

बबी देओल र सूर्या स्टारर साउथ फिल्म ‘कंगुवा’को एक्सनप्रधान ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २९ गते १२:४८

काठमाडौं । दक्षिण भारतीय अभिनेता सुरियाको फिल्म ‘कंगुवा’ तमिल सिनेमामा बहुप्रतीक्षित फिल्ममध्ये एक हो । फिल्म घोषणा भएदेखि नै फ्यान प्रतीक्षामा थिए ।

फिल्मको पहिलो झलकले दर्शकलाई कौतहुल तुल्याएको थियो । यतिबेला निर्माताले रोमाञ्चक ट्रेलर सार्वजनिक गरेका छन् । ट्रेलरमा बबी देओल र सूर्याको धमाकेदार एक्सन देख्न सकिन्छ ।

निर्देशक शिवाको जन्मदिनमा ट्रेलर सार्वजनिक गरिएको हो । अभिनेता सूर्याले एक्स एकाउन्टमा ट्रेलर सेयर गर्दै लेखेका छन्, ‘एक टिमको रुपमा हामीले मिलेर जुन काम गरेका छौं, यसप्रति हामी गर्वित छौं । धन्यवाद जन्मदिनको धेरै प्रेम शिवा । तपाईं सबैजनाको लागि हाम्रो फिल्म कंगुवाको ट्रेलर यहाँ पेश छ ।’

‘कंगुवा’ को ट्रेलर युद्धबाट सुरु हुन्छ । ट्रेलरमा केही आदिवासीलाई देखाइएको छ जो बबी देओलसँग लड्न तयार छन् । यसमा सूर्या साहसी र निर्दयी पात्रमा देखिएका छन् । ट्रेलरमा युद्ध र त्यसले निम्त्याएको विनाश मात्रै देख्न सकिन्छ । ट्रेलरले प्राग ऐतिहासिक मानव र हाम्रो भविष्य दुवैलाई सुन्दर ढंगले चित्रण गरेको छ ।

सबै कुरा योजनाअनुसार चल्यो भने ‘कंगुवा’ ठूलो तमिल फिल्म बन्नसक्छ । यसमा विदेशी दर्शकलाई मनपर्ने तत्व पनि समावेश गरिएका छन् । ३५० करोड भारुभन्दा बढीको बजेटमा बनेको यो फिल्म दशैंमा प्रदर्शन तयारीमा छ ।

सूर्या, बबी र दिशा बाहेक ‘कंगुवा’मा जगपथु बाबु, नेट्टी नटराजन, केएस रविकुमार र कोभाई सरला पनि छन् । फिल्म थ्रीडी र आइम्याक्स ढाँचामा झण्डै दुई दर्जन भाषामा पनि रिलिज हुने अपेक्षा गरिएको छ ।

‘कंगुवा’को प्रदर्शन असोज २४ गते बिहीबार दशैंको फूलपातीमा हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?