+
+

गुल्मीमा एक वर्षमा १५९ वटा साना उद्योग बन्द

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २९ गते १३:०२

२९ साउन, गुल्मी । गुल्मीमा उद्योग व्यवसाय बन्द गर्नेको संख्या बर्सेनि बढ्न थालेको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा बन्द हुनेमा साना उद्योग र वाणिज्य फर्मको संख्या धेरै छ ।

घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा उत्पादनमूलक ९ वटा, कृषि तथा पशुजन्य ५० वटा, पर्यटनमूलक ६५, सेवामूलक ३८ गरी कुल १५९ वटा उद्योग बन्द भएका छन् । त्यस्तै वाणिज्यतर्फ १८७ प्राइभेट फर्म बन्द भएका छन् ।

गत आर्थिक वर्षमा ७३ वटा नयाँ उद्योग दर्ता र २९५ वटा नवीकरण भएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका सूचना अधिकारी जीवन घिमिरे बताए । वाणिज्यतर्फ ६३ वटा दर्ता र ४२९ वटा नवीकरण भएका छन् । गत आर्थिक वर्षमा २४ लाख ७६ हजार ५ रुपैयाँ राजस्व संकलन भएको घिमिरेले जानकारी दिए ।

त्यस्तै आर्थिक वर्ष २०७९/८० मा साना उद्योगतर्फ १३२ वटा बन्द भएका छन् । यो वर्ष वाणिज्यतर्फ १८४ वटा फर्म बन्द भए । आव २०७९/८० मा उद्योग दर्ता ११३ वटा र २२६ वटा नवीकरण भएका छन् । वाणिज्यतर्फ ९२ वटा दर्ता र ३६९ वटा नवीकरण भएका छन् । यो आवमा २३ लाख ८४ हजार रुपैयाँ राजस्व संकलन भएको घिमिरेले बताए ।

त्यस्तै २०७८/७९ मा १६२ वटा साना उद्योग बन्द भएका छन् । यो आवमा २३७ वटा वाणिज्यतर्फका व्यवसाय बन्द भएका छन् । त्यस्तै उद्योग दर्ता ३१२ वटा र ३३१ वटा नवीकरण भएका छन् ।

आव २०७८/७९ मा वाणिज्यतर्फ २४२ वटा दर्ता र ३१३ वटा नवीकरण भएका छन् । उक्त आवमा ४१ लाख ७९ हजार ५७० रुपैयाँ राजस्व संकलन भएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?