+
+

भ्रष्टाचारमा ५ वर्षे हदम्याद हटाउनुपर्छ भन्ने हाम्रो स्पष्ट प्रस्ताव छ : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २९ गते १५:५१

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले भ्रष्टाचारमा ५ वर्षे हदम्यादको प्रस्ताव हटाउनुपर्छ भन्ने आफूहरुको स्पष्ट प्रस्ताव रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले भ्रष्टाचारमा अनुसन्धानका लागि पाँच वर्षे हदम्याद राख्ने गरी प्रस्तुत विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको स्मरण गरे ।

‘अहिले संसदमा केही विधेयक विचाराधीन छन् । पर्सि राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल छ । भ्रष्टाचार र अख्तियारसँग सम्बन्धित विधेयक छ । नेपाली कांग्रेसका सांसदहरुको हदम्याद हटाउनुपर्छ भन्ने हाम्रो स्पष्ट प्रस्ताव छ,’ उनले भने ।

भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयकमा सार्वजनिक पद धारण गरेको व्यक्तिमाथि निश्चित अवधिभित्र मात्रै मुद्दा चलाउनुपर्ने व्यवस्था प्रस्तावित छ ।

राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन विधेयकमा भएको व्यवस्था अनुसार, निश्चित अवधिभित्र अनुसन्धान नभए उनीहरुमाथि मुद्दा चल्ने छैन ।

यस्तो प्रस्तावित व्यवस्थाको विपक्षमा विपक्षी दलहरु नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दल देखिएका छन् ।

प्रमुख सत्ताघटक नेपाली कांग्रेसले पनि भ्रष्टाचारमा अनुसन्धानका लागि हदम्याद राख्न नहुने बताउँदै आएको छ । तर सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले भने यो विषयमा मौन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?