+
+

‘शाम्बाला’ हेर्न उर्लियो लोकार्नो (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २९ गते १६:३०

काठमाडौं । यतिबेला स्वीट्जरल्याण्डमा लोकार्नो फिल्म फेस्टिभल चलिरहेको छ । नेपाली समयानुसार सोमबार बिहान नेपाली फिल्म ‘शाम्बाला’को स्क्रिनिङ गरियो । यो फिल्म हेर्न सयौं दर्शक उपस्थित थिए ।

लोकार्नोबाट प्राप्त तस्वीर र भिडियोमा सयौंले ‘शाम्बाला’ हेरेको देख्न सकिन्छ । स्क्रिनिङपछि निर्देशक मीनबहादुर भाम, कलाकार कार्म, थिन्ले ल्हामो र निर्माण युनिटका अन्य सदस्यसँग दर्शक र आयोजकले स्टेजमा अन्तरक्रिया गरेको देख्न सकिन्छ ।

युरोपको यो प्रतिष्ठित फिल्म फेस्टिभलअन्तर्गत पियाजे ग्राण्ड विधामा ‘शाम्बाला’ले प्रतिस्पर्धा गरिरहेको छ । स्वदेशमा भदौ २८ गते रिलिज हुन लागिरहेको यो फिल्म त्यसअघि लोकार्नोमा स्क्रिनिङ भएको छ । त्यहाँबाट प्राप्त प्रतिक्रिया हेर्दा ‘शाम्बाला’ले कुनै न कुनै अवार्ड जित्न सक्ने अनुमान छ ।

यसैवर्षको बर्लिन फिल्म फेस्टिभलमा विश्व प्रिमियर भइसकेको यो फिल्मको स्क्रिनिङमा रेडकार्पेट समेत आयोजना गरिएको थियो । रेडकार्पेटसम्म आयोजकले ‘शाम्बाला’ युनिटलाई विशेष कारमा समारोहस्थलमा लगेका थिए ।

‘कालोपोथी’ फेम्ड भामको यो दोस्रो निर्देशकीय फिचर हो । फिल्ममा थिन्ले ल्हामो र सोनम तोप्देन शीर्ष भूमिकामा छन् । यो फिल्मले नेपालको पश्चिमी हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथा पेश गर्छ । बर्लिनबाट फिल्मले सकारात्मक प्रतिक्रिया पाइसकेको छ ।

फिल्मले एक पुरुष र उनका दुई साना भाइसँग बहुआयामी वैवाहिक सम्बन्धमा रहेकी एक महिला पेमालाई पछ्याउँछ । जब व्यापारका लागि गएका पुरुष फर्किंदैनन्, तब पेमाले आफ्नो गर्भमा रहेको बच्चालाई वैधता दिनका लागि उसलाई खोज्न थाल्छिन् । तिब्बती र नेपाली भाषामा बनेको यो फिल्मलाई नेपालमा एप्पल इन्टरटेनमेन्टले रिलिज गर्दैछ ।

अन्य तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?