+
+

‘लाज शरणम्’मा जोडिए ‘सक्किगो नि’का ‘गल्फने बाजे’

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २९ गते १६:४०

काठमाडौं । हास्य टिभी सिरियल ‘सक्किगो नि’ समूह यतिबेला कथानक फिल्म ‘लाज शरणम्’को निर्माणमा जुटेको छ । यो फिल्मलाई लिएर दर्शकमाझ प्रतीक्षा पनि छ । यस्तोमा फिल्मको कास्टिङ लाइनअप अझै विस्तार हुने क्रममा छ ।

‘सक्किगो नि’ श्रृंखलामा गल्फने बाजेको पात्रको रुपमा चर्चित कलाकार बबिन राई पनि ‘लाज शरणम्’ फिल्ममा जोडिएका छन् । निर्मातासँग राईले लिखित समझदारी गरेका छन् ।

प्राप्त तस्वीरमा अर्जुन घिमिरे ‘पाँडे’ले बबिनसँग सहमति गर्दै गरेको देख्न सकिन्छ । यो फोटो सेयर गर्दै बबिन लेख्छन्, ‘जिन्दगीको एउटा सपनाको नजिक पुग्दै, लाज शरणम् चलचित्रसँग जोडिन पाउँदा अत्यन्त खुसी महसुस गरेको छु । सक्किगो नि टिमलाई अधिक धन्यवाद र यो विश्वासको लागि भाइ कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे ‘पाँडे’ सरप्रति हार्दिक कृतज्ञ छु ।’

‘सक्किगो नि’ सिरियलमा बबिन ‘बिजोग रमाइलो छ’ थेगाले चर्चित थिए । ‘लाज शरणम्’को निर्देशकमा जिग्री छन् । यो फिल्ममा ‘सक्किगो नि’ टिमबाट सागर लम्साल ’बले’, पाँडे र कमलमणि नेपालको अभिनय हुनेछ ।

विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, माला लिम्बू, मुकुन्द श्रेष्ठ, विजय बराल र देशभक्त खनालको पनि शीर्ष भूमिकामा अभिनय हुनेछ । भदौ तेस्रो सातादेखि छायांकन तयारी छ । प्रदर्शन महाशिवरात्री अर्थात् फागुन १४ गतेलाई तय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?