+
+

हवाई दुर्घटनाबारे छलफल माग्दै संसद्‌मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २९ गते १७:२२

२९ साउन, काठमाडौं । हवाई दुर्घटनाबारे छलफल माग्दै प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी हुन् ।

‘नेपालमा बारम्बार भइरहेका हवाई दुर्घटना न्यूनीकरणका उपायहरूबारे छलफल गर्न, हवाई दुर्घटना दोहोरिइरहने तर नियामक निकाय र सेवा प्रदायकलाई जिम्मेवार बनाउन नसकिएको अवस्थालाई परिवर्तन गरी यी निकायका सम्बन्धित अधिकारीहरूलाई जिम्मेवार बनाउन’ जरुरी सार्वजनिक महत्वको आवश्यकता परेको उल्लेख गरिएको छ ।

प्रस्तावमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायकमा विभाजन गर्नका लागि पहल लिनुपर्ने पनि उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?