+
+

सुनुवाइ समितिको सभापति चयन ३१ साउनमा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २९ गते १८:३४

२९ साउन, काठमाडौं । संघीय संसदको दुईवटा संयुक्त समितिको सभापतिको निर्वाचन साउन ३१ गते हुने भएको छ ।

संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापति चयनका लागि सभामुखले मंगलबार निर्वाचनको मिति तोकेका संघीय संसदका महासचिव पदमप्रसाद पाण्डेले जानकारी दिए ।

महासचिव पाण्डेयले जारी गरेको सूचना अनुसार ३० साउनको दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । त्यसपछि साढे ४ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

भोलिपल्ट ३१ साउनमा दिउँसो ३ बजे सम्बन्धित समितिको बैठकमा प्रस्तावक सदस्यले प्रस्ताव प्रस्तुत गर्ने, समर्थक सदस्यले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?