+

हिलाम्य मैदानमा लडीबुडी (तस्वीरहरु)

२०८१ साउन  २९ गते १८:५३ २०८१ साउन २९ गते १८:५३
हिलाम्य मैदानमा लडीबुडी (तस्वीरहरु)

२९ साउन, काठमाडौं । एएफसी च्यालेन्ज लिगको प्लेअफमा मंगलबार काठमाडौंको दशरथ रंगशालामा नेपालको चर्च ब्वाइज क्लब र भुटानको पारोबीच प्रतिस्पर्धा भइरहेको छ ।

भरिभराउ दर्शकमाझ भइरहेको प्रतिस्पर्धा भने हिलोका कारण त्यति रोचक रहन सकेको छैन । करिब ९ महिनापछि  अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुन लागेको उक्त मैदान हिलाम्य देखिएको छ ।

मंगलबार दिनभर पानी परेका कारण पनि मैदान हिलो भएको छ । धेरै हिलो भएका कारण खेलाडीहरु समेत हिलाम्य भएका छन् । प्रतियोगितामा भुटानी टिमबाट जापानका विश्वप्रसिद्ध खेलाडी केसुके होण्डा पनि खेलेका छन् ।

भुटानी र नेपाली क्लबमा पनि विदेशी खेलाडी धेरै छन् । उनीहरु हिलोमा खेल्नुपर्दा अप्ठ्यारो मानिरहेका छन् । हिलोका कारण खेलाडीहरुले खुलेर खेल्न सकेका छैनन् ।

बल राम्रैसँग गुडेको छैन। बल हान्दा खेलाडीहरु लडिरहेका छन् ।

हेर्नुहोस् तस्वीरहरू : 

         

एएफसी च्यालेन्ज कप चर्च ब्वाइज क्लब भुटान
लेखक
विकास श्रेष्ठ/चन्द्रबहादुर आले
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय