+

चर्च ब्वाईज भर्सेस पारो : पहिलो हाफ १-१ को बराबरी

२०८१ साउन  २९ गते १८:५१ २०८१ साउन २९ गते १८:५१
चर्च ब्वाईज भर्सेस पारो : पहिलो हाफ १-१ को बराबरी

२९ साउन, काठमाडौं । एएफसी च्यालेन्ज लिग प्लेअफ अन्तर्तग चर्च ब्वाईज र पारो एफसीबीचको पहिलो हाफको खेल १-१ को बराबरीमा सकिएको छ ।

दशरथ रंगशालामा जारी खेलको ३८ मिनेटमा लकेन लिम्बुले गोल गर्दै घरेलु टोली चर्च ब्वाईजलाई अग्रता दिलाएका थिए ।

मोसेस गाबाले पेनाल्टी बक्समा हेडमार्फत दिएको पासमा लकेनले सिक्स यार्ड बक्सबाट गोल गरेका हुन् । तर उक्त अग्रता लामो समय टिकेन ।

पारोका लागि किङ्गा वाङ्चुकले ४० मिनेटमा बराबरी गोल फर्काए । चर्च ब्वाईजका गोलकिपर दिप कार्की अघि बढेको अवस्थामा किङ्गाले गोल गरका हुन् ।

पहिलो हाफमा पारोको दुई प्रहार पोष्टमन लागृर फर्केको थियो ।

एएफसी च्यालेन्ज कप फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय