+
+

लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २९ गते १९:१९

२९ साउन, काठमाडौं । लेनदेन मुद्दाका एक फरार प्रतिवादीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–३ घर भएका ४७ वर्षीय पदमबहादुर तामाङ छन् । सोमबार उनलाई बूढानिलकण्ठबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा एसपी काजीकुमार आचार्यले बताए ।

रिता अवालको जाहेरीले तामाङबाट ६ लाख ५० हजार भराउने र नतिरे २ वर्ष कैद बस्नुपर्ने भनेर भक्तपुर जिल्ला अदालतबाट फैसला भएको प्रहरीले जनाएको छ ।

उनले बिगो बराबरको रकम नतिरेकाले पक्राउ गरेर फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?