+

चर्च ब्वाइजका प्रशिक्षक भन्छन् : अवसर उपयोग गर्न नसक्दा हार्‍यौं

२०८१ साउन  २९ गते २०:२३ २०८१ साउन २९ गते २०:२३
चर्च ब्वाइजका प्रशिक्षक भन्छन् : अवसर उपयोग गर्न नसक्दा हार्‍यौं

२९ साउन, काठमाडौं । चर्च ब्वाइज क्लबका प्रशिक्षक बालगोपाल महर्जनले पाएको अवसर उपयोग गर्न नसक्दा भुटानी क्लब पारोसँग पराजित हुनुपरेको प्रतिक्रिया दिएका छन् ।

मंगलबार एएफसी च्यालेन्ज कपको प्लेअफमा नेपालको चर्च ब्वाइज क्लब भुटानी क्लब पारो एफसीसँग २-१ ले पराजित भएको छ ।

प्रशिक्षक महर्जनले दुबै टिमको क्षमता उस्तै उस्तै भए पनि चर्च ब्वाइजले अवसर सदुपयोग गर्न नसकेको बताए । ‘गेम ५०-५० थियो । पाएको अवसर सदुपयोग हुन सकेन । दुर्भाग्यवश अर्को चरण छनोट हुन सकेनौं’, उनले भने ।

पारो एफसीले जापानी खेलाडी केसुके होण्डासहितका धेरै विदेशी खेलाडी खेलाएको थियो । पराजय व्यहोर्नुको यो पनि एउटा कारण रहेको महर्जनको भनाइ छ । रक्षापंक्तिमा केही कमजोरी भएको र मैदान हिलाम्य भएका कारण पनि राम्रो प्रतिस्पर्धा हुन नसकेको उनले बताए ।

मैदान कस्तो छ सबैलाई थाहा छ । ३५-४० वर्ष भइसक्यो, अब यसमा ध्यान जानु जरुरी छ । हामीले खेल्दा पनि यस्तै थियो अहिले पनि यस्तै छ’, महर्जनले भने ।

एएफसी च्यालेन्ज कप चर्च ब्वाइज क्लब फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय