+
+

प्रधानमन्त्री ओलीलाई कतार भ्रमणको निम्तो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २९ गते २०:२८

२९ साउन, काठमाडौं । कतारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी अक्टोबरमा कतारमा हुने एसियन कोअपरेसन डायलग (एसीडी) सम्मेलनमा सहभागी हुन निम्तो दिएको छ ।

नेपालका लागि कतारका राजदूत मिसल मोहम्मद अल अन्सारीले प्रधानमन्त्री ओलीलाई भेट गर्दै कतारका राजाका तर्फबाट निमन्त्रणा दिएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शिष्टाचार भेट गर्दै निमन्त्रणा दिएको हो । एसीडी मञ्चमा नेपालसहित ३५ मुलुक आबद्ध छन् ।

उक्त मञ्चको १९ औँ मन्त्रीस्तरीय बैठक गत २४ जुन, २०२४ मा इरानमा भएको थियो । नेपाल सन् २०१६ देखि यसको सदस्य भएको हो ।

प्रधानमन्त्री ओली र कतारी राजदूत अन्सारीबीच भएको भेटमा अवसरमा दुई देशका आपसी हित र सम्बन्धबारे छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?