+
+

आइटी इकोसिस्टमलाई प्रवर्द्धन गर्न नास आइटी र टीजेएफबीच सहकार्य

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २९ गते २१:४२

२९ साउन, काठमाडौं। नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेस कम्पनीज (नास आइटी) र सूचना प्रविधि क्षेत्रमा कलम चलाउने पत्रकारहरूको साझा संस्था प्रविधि पत्रकार मञ्च (टीजेएफ)बीच सहकार्य भएको छ ।

मंगलबार द सोल्टी काठमाडौंमा आयोजना भएको एक कार्यक्रममा नास आइटी र टीजेएफबीच रणनीतिक सहकार्य गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतापत्रमा नास आइटीका अध्यक्ष रिचन श्रेष्ठ र प्रविधि पत्रकार मञ्चका अध्यक्ष उमेश पौडेलले हस्ताक्षर गरेका हुन् ।

नेपालको आइटी इकोसिस्टको विकास र प्रवर्द्धन गर्नका लागि ज्ञान आदान प्रदान, क्षमता अभिवृद्धि र जनचेतनामा काम गर्ने गरी दुवै संस्थाबीच सहकार्य गरिएको नास आइटीका अध्यक्ष रिचन श्रेष्ठले बताए ।

उनका अनुसार नेपालको आइटी उद्योगलाई बलियो बनाउन र सशक्तीकरण गर्न यो सहकार्य महत्त्वपूर्ण हुने बताए ।

यस्ता प्रविधि पत्रकार मञ्चका अध्यक्ष उमेश पौडेलले आइटी क्षेत्र र नागरिकबीचको खाडललाई कम गर्न नास आइटीसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको जानकारी दिदा डिजिटल इकोसिस्टमलाई अगाडि बढाउन यसले ठूलो भूमिका खेल्ने बताए ।

नास आइटी के हो ?

नास आइटी नेपालको अग्रणी गण नाफामुलक संस्था हो, जसले नेपाली सफ्टवेयर र आइटी उद्योगको वृद्धि र विकासमा काम गर्दै आएको छ ।

नवप्रवर्तन, सशक्तीकरण, सहकार्य, क्षमता अभिवृद्धि र नीति पश्चवीमा काम गर्दै आएको संस्थाले नेपाललाई ग्लोबल टेक हबको रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?