+
+

तनहुँमा सिँचाइ सुविधा विस्तार

रासस रासस
२०८१ साउन ३० गते ७:२२

३० साउन, दमौली । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँले गत आर्थिक वर्षमा ५० हेक्टरमा सिँचाइ सुविधा विस्तार गरेको छ । यो सँगै जिल्लामा छ हजार सात सय ३४ हेक्टरमा सिँचाइ सुविधा उपलब्ध भएको छ ।

उक्त कार्यालयका प्रमुख प्रकाश लम्सालका अनुसार बन्दीपुर गाउँपालिका–४ स्थित देवीखोला खहरे सिँचाइ योजनाबाट ३० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ ।

उक्त अवधिमा सिँचाइ कार्यक्रमतर्फ ५० हेक्टर र नदी नियन्त्रणतर्फ ३५ हेक्टर भूमि संरक्षण भएको छ । आव २०८०/८१ का लागि कार्यालयलाई पुँजीगततर्फ रु २५ करोड विनियोजन गरिएकामा रु २१ करोड खर्च भएको छ ।

बजेट अभावमा हिमा नदी नियन्त्रण कुच्चे कुनाबाट मडापोल्ला हुँदै लाटादहसम्म, फाउदीखोला लिफ्ट सिँचाइ योजना भानु–८, खहरे लिफ्ट सिँचाइ योजना देवघाट, बन्दीछाप लिफ्टिङ सिँचाइ योजना भिमाद–२, शुक्लागण्डकी–७ र म्याग्दे–५ को सुन्तले मल्याङ मोटरेबल पुल दायाँबायाँ ग्याविङको योजना सञ्चालन हुन नसकेका कार्यालय प्रमुख लम्सालले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?