+
+

पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३० गते ७:५०

३० साउन, काठमाडौं । मंगलबार रातिदेखिको वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

चितवनको  इच्छाकामना गाउँपालिका-३ मौवाखोलामा पहिरो खस्दा राजमार्ग बिहान ७ बजेदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरो गएको ठाउँमा सडक एकतर्फी बनेको छ । यस्तै इच्छाकामना गाउँपालिका-३ कै चुम्लिङटारमा ढुङ्गा खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ ।

राजमार्ग खुलाउने प्रयास गरिएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि काठमाडौं, पोखरा तथा नारायणगढ जाने सवारी साधनको लाइन लाग्न थालेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?