+
+

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३० गते ८:५५

३० साउन, चितवन । वर्षासँगै आएको पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।

चितवनको  इच्छाकामना गाउँपालिका-३ को मौवाखोला र चुम्लिङटारमा पहिरो खस्दा अवरुद्ध भएको सडक दुईतर्फी नै सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

पहिरो खसेपछि राजमार्ग बिहान ७ बजेदेखि नै अवरुद्ध भएको थियो ।

सडक खुलेपछि जाममा परेका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?