+
+

एलन मस्कको एक्समा किन आइरहेको छ प्राविधिक समस्या ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३० गते ११:१९

हुनत उनी विश्वका सबैभन्दा धनी व्यक्ति हुन् तर अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग एक्स प्लाटफर्ममा भएको उनको हालैको कुराकानीले के देखाएको छ भने एलन मस्कले एक्सको प्राविधिक समस्या अझै पनि समाधान गर्न सकिरहेका छैनन् ।

यो वर्ष हुने अमेरिकी राष्ट्रपति चुनावका उम्मेदवारसमेत रहेका डोनाल्ड ट्रम्पसँग मस्कले लिएको अन्तरवार्ता निर्धारित समयभन्दा ४० मिनेट ढिलोगरी सुरु भएको थियो । त्यसक्रममा एक्स प्लाटफर्मले प्राविधिक समस्याको सामना गर्नुपरेको थियो ।

हुनत यो सोसल मिडिया प्लाटफर्म एक्सको पहिलो हाइप्रोफाइल खराबी होइन ।

सन् २०२३ को मे महिनामा फ्लोरिडाका गभर्नर रोन डी सान्टिसले एक्समै एलन मस्कसँग ह्वाइट हाउसको लागि आफ्नो दाबी पेस गर्ने प्रयास गरेका थिए ।

तर, उनको चुनावी अभियानको असफलता जस्तै एक्समा उनको मस्कसँगको अन्तरवार्ता पनि सुरुवात देखि नै समस्याग्रस्त बन्यो । उनी एक्समा बोल्न पाउनु अघि नै लामो समयसम्म बसेर कुर्नुपरेको थियो ।

यस्तो लाग्थ्यो कि यो एक सावधानीपूर्ण कथा हो जसलाई मस्कले निकै ध्यान दिइरहेका थिए । ट्रम्पसँगको अन्तरवार्ताको अघिल्लो दिन उनले एक्सको स्पेसमा एक प्रणाली मापक परीक्षण गर्न थालेको बताएका थिए ।

X A monkey emoji with hands over its ears, and text underneath reading "This Space is not available"

तथापि उक्त तयारीका बाबजुत उनी त्यस अवधिमा देखिएका प्राविधिक समस्या हल गर्न असमर्थ भए । रोयटर्सका अनुसार उक्त अन्तरवार्ता त्यसक्रममा अधिकतम १३ लाख सम्मले एकसाथ सुनेका थिए ।

तर, अन्तरवार्ता सुरु भएलगत्तै एक्समा craahed शब्द ट्रेन्डिङ भयो जब प्रयोगकर्ताहरुले उक्त हाइप्रोफाइल सफलताका बारेमा पोस्ट गर्न थाले ।

त्यस अवसरलाई कतिपयले मस्कको खिसीट्युरी गर्नमा प्रयोग गरे । कतिपयले चाहिं सो अन्तरवार्ता निकै धेरै मानिसले चासो पूर्वक सुन्न थालेका कारण इन्टरनेट नै क्रयास भएको भन्दै व्यंग्य गरे ।

तर, त्यसबीचमा कथाले अर्कै मोड लियो । मस्कले त्यसबेला देखा परेका प्राविधिक समस्या आउनुमा आफ्नो गल्ती नभएको र एक्स प्लाटफर्ममाथि साइबर हमलाको प्रयास हुँदा त्यस्तो भएको दाबी गरे ।

मस्कले एक पोस्ट गर्दै एक्समाथि व्यापक रुपमा DDoS आक्रमण भएको बताए ।

DDoS को पूरा अर्थ distributed denial of service भन्ने हुन्छ । जसमा साइबर आक्रमणकारीहरुले वेबसाइट ओभरलोड गर्ने प्रयास गर्दछन् जसले साइटलाई प्रयोग गर्न कठीन बनाउने तथा पहुँचबाट टाढा गराउने गर्दछ ।

निर्धारित समयभन्दा ४० मिनेट ढिलो गरी ट्रम्पसँगको अन्तरवार्ता सुरु भएपछि पनि ट्रम्पले साइबर आक्रमणको दाबी गरिरहे । ट्रम्पले आज के भन्छन् भन्ने कुरा अमेरिकामा उनका विपक्षीहरुले पनि सुनिरहेको उनको दाबी थियो ।

X A screenshot of Donald Trump's Twitter page. It shows a blank blue screen underneath his username. Text on the screen simply reads "unable to fetch Space".

मस्कले एक्स प्लाटफर्ममा साइबर आक्रमण भएको दाबी गरेपनि त्यस्तो कुनै आक्रमणको प्रमाण नदेखिएको द भर्जले जनाएको छ । यद्यपि क्लाउडफ्लेयरका प्रमुख म्याथ्यु प्रिन्सचाहिं त्यो डिडिओएस आक्रमण हुनसक्ने बताउँछन् ।

तर, एक्सले आफ्नो स्पेस सिस्टमको सुरक्षाका लागि क्लाउडफ्लेयरको प्रयोग नगर्ने भएकाले उसमाथि साइबर आक्रमण भए नभएको आफूहरुले पत्ता लगाउन नसक्ने उनको भनाइ छ ।

उता नेटब्लक्सका निर्देशक एल्प टोकरचाहिं साइबर आक्रमणको समस्या कसरी समाधान भयो भन्ने सम्बन्धमा एक्सले गरेको व्याख्या विश्वसनीय नरहेको बताउँछन् ।

साइबर आक्रमणको समस्या हटाउनका लागि लाइभ सुन्ने स्रोताको संख्या घटाएको मस्कको दाबीलाई आधार मान्दा स्पेसमा साइबर आक्रमण नभइ प्रयोगकर्ताको ट्राफिक धान्न नसक्दा त्यस्तो समस्या निम्तिएको आँकलन गर्न सकिने उनको भनाइ छ । यस अर्थमा एक्सको अडियो प्लाटफर्म स्पेसमा स्रोताको संख्याको क्षमता कम रहेको पुष्टि हुन्छ ।

विश्लेषकका अनुसार पछिल्लो घटनाले एक्सलाई एउटा सम्पूर्ण एप बनाउने मस्कको महत्वाकांक्षाका बाबजुत एक्स अझै पनि विश्वायोग्य प्लाटफर्मको रुपमा स्थापित हुन नसकेको देखाएको छ ।

– बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?