+
+

बोझेपोखरी हुँदै इमाडोलतर्फ जाने सडकमा भ्वाङ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३० गते ११:३६

३० साउन, काठमाडौं । ललितपुरको इमाडोलस्थित महालक्ष्मी नगरपालिका-३ बाक्लोगाउँ चोकभन्दा अगाडि नयाँ पुल-बोझेपोखरी हुँदै इमाडोलतर्फ जाने भित्री सडकमा भ्वाङ परेर सवारी आवागमन अवरुद्ध भएको छ ।

सडकको झण्डै ३ मिटर क्षेत्रमा भ्वाङ परेको सवारी आवागमन अवरुद्ध भएको ललितपुर प्रहरी प्रवक्ता (एसपी) नरेशराज सुवेदीले जानकारी दिए । सडक भासिनुको कारण खुलेको छैन् ।

हालै काठमाडौंको कमलादीस्थित न्यूप्लाजाको भवन नजिकको दुई लेन सडक २४ साउनमा भासिएपछि सवारी आवागमन अवरुद्ध छ । त्यो सडक निर्माण सम्पन्न हुन तीन महिना लाग्ने सडक विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?